ओली निस्केलगत्तै रक्षामन्त्रीलाई लिएर देउवा बालुवाटारमा

ओली निस्केलगत्तै रक्षामन्त्रीलाई लिएर देउवा बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरुले भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री भेट्न सभापति देउवा पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई लिएर बिहान साढे १० बजे बालुवाटार पुग्नुभएको थियो । 

झण्डै डेढ घण्टा लामो भेटमा कोशी प्रदेश सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गरेपछि कोशीमा पुन: सरकार गठन प्रक्रिया शुरु भएको छ । प्रदेशसभाको पेचिलो अंकगणितका कारण सरकार गठनमा अप्ठेरो अवस्था रहेको सन्दर्भमा फेरि थापालाई नै मुख्यमन्त्री बनाउने तयारीका साथ काँग्रेस सभापति प्रधानमन्त्री भेट्न पुगेको बताइन्छ ।  

यसअघि आजै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । बिहान साढे ९ को हाराहारीमा बालुवाटार पुग्नुभएका ओलीले डेढ घण्टा लामो छलफल गरेको र त्यसक्रममा कोशी सरकार गठनबारे कुराकानी भएको बुझिएको छ ।

टिप्पणीहरू