मीटरब्याज सम्बन्धी विधेयकमा लालमोहर लाग्यो

मीटरब्याज सम्बन्धी विधेयकमा लालमोहर लाग्यो

मीटरब्याज पीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको उक्त विधेयकलाई राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब उक्त विधेयकले कानुनको रुप लिएको छ ।

राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक त्यहाँबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको थियो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पुनः राष्ट्रिय सभा पठाएको विधेयक हिजो सभाले पारित गरेको थियो ।


 

टिप्पणीहरू