राष्ट्रपति मंगलबजार पुगेर फर्कनुभयो

राष्ट्रपति मंगलबजार पुगेर फर्कनुभयो

राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको मंगलबजार पुुग्नुभएको छ । उहाँ कृष्ण मन्दिर र संग्रहालय दर्शनको निम्ति सबेरै त्यहाँ जानुभएको बताइएको छ । 

बिहान साढे ७ बजे मंगलबजार पुग्नुभएका राष्ट्रपतिले कृष्ण मन्दिरको दर्शन गर्नुभएको थियो । त्यसपछि पाटन संग्रहालयको अवलोकनपछि शीतल निवास फर्कनुभएको हो ।

टिप्पणीहरू