माओवादीको बिहान पदाधिकारी बैठक, अपराह्न शीर्ष नेताहरुको छुट्टै छलफल

माओवादीको बिहान पदाधिकारी बैठक, अपराह्न शीर्ष नेताहरुको छुट्टै छलफल

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि शीर्ष नेताहरु छुट्टै जुट्ने भएका छन् ।  

यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न आज बिहान पदाधिकारी बैठक बसेको हो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा केन्द्रीय कमिटी बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

बैठकमा भएका छलफलका विषयमा थप छलफल गर्न आजै अपरान्ह चार बजे शीर्ष नेताहरुको बैठक बस्ने बताइएको छ ।

टिप्पणीहरू