चिनियाँ पाहुना टोली राष्ट्रपति निवासमा

चिनियाँ पाहुना टोली राष्ट्रपति निवासमा

राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोे सदस्य युआन चियाचुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ ।

टोलीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा दुई देशबीच रहीआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आजै दिउँसो चिनियाँ पाहुना युआन चियाचुनले इटालीको रोम पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल कुराकानी गर्नुभएको थियो । टाेली आज काेलम्बाेबाट काठमाडाैं आइपुगेकाे हाे ।

टिप्पणीहरू