प्रधानमन्त्री गोरखाबाट फिर्ता, अर्थमन्त्रीको दिल्लीबाट आगमन

प्रधानमन्त्री गोरखाबाट फिर्ता, अर्थमन्त्रीको दिल्लीबाट आगमन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किनुभएको छ । बूढीगण्डकी जलविद्युत आयोजनाको निरीक्षण र आयोजना फिल्ड कार्यालयको उद्घाटनका लागि आज बिहान गोर्खाको सिउरेनिटार पुग्नुभएका उहाँ अपराह्न काठमाडौँ आइपुग्नुभएको हो । 

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको एनए ०३८ कल साइन भएको हेलिकोप्टरमा अपराह्न सवा ३ बजे सरकारी निवास बालुवाटारमा अवतरण गर्नुभएको जनाइएको छ ।    

 यता, भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. प्रकाशशरण महत स्वदेश फर्किनुभएको छ । भिस्तारा एयरको उडानबाट उहाँ अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

टिप्पणीहरू