प्रधानमन्त्री एक सातापछि बालुवाटारबाट निस्कँदै

प्रधानमन्त्री एक सातापछि बालुवाटारबाट निस्कँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा जान लाग्नुभएको छ । उहाँ बिहान ११ बजे बालुवाटारबाट सेनाको हेलिकोप्टरमा गोरखास्थित  बूढीगण्डकी जलविद्युत आयोजनाको निरीक्षण र आयोजना फिल्ड कार्यालयको उद्घाटनका लागि सिउरेनिटार जान लाग्नुभएको हो । 

उहाँ पत्नी सीता दाहालको निधनपछि एक सातासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनुहुन्छ । आज नेपाली सेनाको एनए ०३८ कल साइन भएको एमआई १७ हेलिकोप्टरमा त्यसतर्फ जान लाग्नुभएको हो । गोरखाको कार्यक्रम सम्पन्न भएपछि उहाँ अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिएको छ । कार्यालयले मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापनाको कार्य गर्नेछ । 

सरकारले हालसम्म ३५ अर्ब बढीको मुआब्जा वितरण गरिसकेको छ । सोही आयोजनाका लागि पेट्रोलियम पदार्थमा झण्डै एक दशकदेखि छुट्टै कर लगाइएको छ ।

टिप्पणीहरू