सेनाको ताजा समाचार

सेनाको ताजा समाचार

नेपाली सेनाका भूपूहरूलाई सेवा सुविधाको योजना बनाई लागू गर्न कल्याणकारी बोर्ड स्थापना भएको छ ।

रथी चित्रबहादुर गुरूङ र पदमविलास कार्कीपछि हाल गौरव तन्दुल यस बोर्डको हाकिम छन् । उनको ३ बर्षे सेवा अवधि यही असार मसान्तमा सकिँदै छ । कानुनमै ३ वर्ष बढी सेवा गर्न नपाइने भए पनि वर्तमान चिफ प्रभुराम शर्माका बेसिक फ्रेण्ड भएकाले उनी बहाल रहुञ्जेल २०८१ भदौ २४ सम्म थपिने चर्चा जंगीअड्डामा व्याप्त छ ।

मलाई यो ठाउँमा खान मन छैन तर चिफसाबले मेरो कार्यकालभरि बसिदिनु भनेर हैरान पारेका छन् भन्दै हिँड्छन् गौरव । बोर्ड स्थापना भएदेखि विज्ञको सेवा–सुविधा लिएर बसेका जोशी कर्साबलाई कसले छुने ? प्राविधिक सेवाबाट अवकाश पाएका उनी इन्फेन्ट्री अफिसरभन्दा तगडा छन् पेल्नमा । उनले बोर्डका हाकिमलाई वार्षिक बजेट सक्न र काम नलाग्ने योजना बनाई प्रतिशत बुझाएर राम्रो बनिरहेका छन् ।

वर्तमान हाकिमले कल्याणकारीको सुविधा लिने तर भूपू सैनिकहरूलाई काम लाग्ने कुनै पनि योजना र काम ल्याउन सकेका छैनन् । यही २०८० असार मसान्तबाट ३ वर्षे करार पदावधि सकिने अन्य अधिकृतमा प्रसे मणिराज पाण्डे, धर्म कँडेल, दयानन्द जोशी, प्रचण्ड चन्दहरू हुन् । स्टाफ कलेज गरेका प्रमुख सेनानीहरूलाई नियुक्ति दिई बोर्डलाई सञ्जीवनी अभिषेक गरिदिए कत्ति राम्रो हुने थियो ।

– भुक्तभोगी सैनिक अधिकृत
 

टिप्पणीहरू