पाकिस्तानी राजदूत जंगीअड्डामा, सेनापतिसँग वार्तालाप

पाकिस्तानी राजदूत जंगीअड्डामा, सेनापतिसँग वार्तालाप

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार हुसेन हास्मीले भेटवार्ता गरेका छन् । जंगीअड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा आज भेटवार्ता भएको हो ।

सो भेटवार्तामा प्रधानसेनापति शर्मा र राजदूत हास्मीबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

‘यस किसिमको भेटले दुई देशबीच रहेको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू