लुम्बिनी गएको सैनिक हेलिकप्टर बारा हुँदै राजधानी फिर्ता
विदेशी पाहुना बोकेर लुम्बिनी गएको नेपाली सेनाको हेलिकप्टर राजधानी फर्केको छ । बिहान सवा ८ बजे ११ जनाको टोली लिएर सेनाको ९ एन आरएएम अगुस्ता हेलिकप्टर काठमाडौंबाट लुम्बिनीतर्फ उडेको बताइन्छ ।
संयुक्त राष्ट्र संघका पिस अपरेशन मामिला हेर्ने उपमहासचिव जाँ पियरे लाक्रोइक्सको टोलीलाई लिएर हेलिकप्टर त्यता गएको थियो । लिआजो अफिसरको रुपमा उपरथी ताराध्वज पाण्डे पनि सोही हेलिकप्टरमा गएका हुन् ।
फर्कंदा टोली लुम्बिनीबाट बारा पुगेको बताइन्छ । त्यसपछि दिउँसो ३ बजे काठमाडौं विमानस्थलमा आइपुगेको हो ।
टिप्पणीहरू