आधा दर्जन मुलुकमा रहेका राजदूतलाई थप जिम्मेवारी

आधा दर्जन मुलुकमा रहेका राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न छ वटा मुलुकको निम्ति गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम विभिन्न मुलुकका आवासीय राजदूतलाई थप मुलुक हेर्नेगरी गैरआवासीय नेपाली राजदूतको पदमा नियुक्त गरिएको बताइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार मलेसियाका लागि राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई, दारुसलामको गैरआवासीय राजदूतको पनि जिम्मेवारी तोकिएको छ । 

त्यस्तै, ब्राजिलका लागि राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया, मस्कोस्थित राजदूत मिलनराज तुलाधारलाई गणतन्त्र काजकस्तानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ । 

डेनमार्कका लागि राजदूत प्रा.डा. रामस्वार्थ रायलाई लिथुआनिया र इजिप्टका लागि राजदूत सुशीलकुमार लम्सालले प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरिया पनि हेर्नुपर्ने थप जिम्मेवारी दिइएको छ ।


 

टिप्पणीहरू