दिलु पन्तको तातो गोली

दिलु पन्तको तातो गोली

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तको शब्द रचनामा तातो गोली गीत सार्वजनिक भएको छ । युट्युब च्यानल मार्फत् सार्वजनिक भएको उक्त गीत गणतन्त्र दिवसको अवसर पारेर हिजो सार्वजनिक गरिएको बताइएको छ । 

गायक शिशिर योगीको स्वर, संगीतकार बीबी अनुरागीको सङ्गीतमा नेतृ दिलकुमारी पन्तको शब्द रचनामा तातो गोली नामक युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो ।

गीतबारे रचनाकार पन्तले सामाजिक सञ्जालमा लेखेका छन् : ’२०६२–०६३ मा भएको  जनआन्दोलनकै मैदानमा लेखिएको उक्त गीतलाई अहिले सार्वजनिक गरिएको हो । जतिबेला शहीद भीमसेन दाहालको छातीमा गोली लागि मेरै आँखा अगाडि ढल्नु भएको थियो अनि आफैंलाई स्पर्श गरि वारपार हुने गरी टियर ग्याससँगै मडारिएर आउने ताता गोली जनतामाथि बर्सियो सडकमा आमजनताबाट गणतन्त्रको नारा बुलन्द र घना हुँदै थियो मलाई लाग्थ्यो ती गोलीहरूले मेरो छाती पनि चिरोस् तर क्रान्तिको आगो निभ्न दिने छैन । यो कसम मेरो मात्र थिएन आममहिला, युवाहरू साथै मजदुरलगायत परिवर्तनकामी आम जनसमुदायको थियो ।’

टिप्पणीहरू