प्रधानमन्त्रीले भारतीय राष्ट्रपति, उपराष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्ने

प्रधानमन्त्रीले भारतीय राष्ट्रपति, उपराष्ट्रपतिसँग पनि शिष्टाचार भेट गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री आगामी बुधबार चार दिने भारत भ्रमणमा जाने मिति तय भएको छ । 

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर भ्रमण तालिका सार्वजनिक गर्दै उक्त कार्यक्रमबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्ली पुगेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा वार्ता गर्नुहुनेछ । सोही दिन उहाँहरुले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । 

त्यसलगत्तै  भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । उहाँले भारतीय उद्योगपति तथा व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने र नेपाली राजदूतले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुने बताइएको छ ।

शनिबार स्वदेश फर्कनुअघि प्रधानमन्त्री मध्य प्रदेशको उज्जैन र इन्दोर भ्रमणमा जानुहुनेछ ।

टिप्पणीहरू