फुली थप्ने बेला सधैं अस्वस्थ प्रतिस्पर्धाको खेल,पाइला पाइलामा झेल

फुली थप्ने बेला सधैं अस्वस्थ प्रतिस्पर्धाको खेल,पाइला पाइलामा झेल

नेपाल प्रहरीमा बढुवा प्रक्रिया अघि बढ्नेबित्तिकै चलखेल शुरु हुन्छ । पारदर्शी,वैज्ञानिक र कार्यक्षमता मूल्याङ्कनमार्फत बढुवा गर्ने चलन हुन्थ्यो भने कसैले गुनासो गर्नै पाउने थिएनन् । त्यही नहुँदा त शक्तिकेन्द्र रिझाएर माथि उक्लने क्रम बढेको बढ्यै छ । मिडियाको दुरुपयोग पनि उस्तै छ ।

अहिले फेरि निरीक्षकबाट नायव उपरीक्षक (डिएसपी) मा बढुवा हुने प्रक्रिया शुरु भएको छ । २०७० सालमा सेवा प्रवेश गरेका निरीक्षकहरुले बढुवा सूचीमा पर्न पोहोरै जुजुभान दरवार (आरजू-मन्जु र भानु,नरेन्द्र) हरुलाई रिझाउने प्रतिस्पर्धा शुरु गरेको चर्चा व्यापक थियो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा परेपछि यो विषय झन चर्कोसङ्ग बाहिरिएको छ। 

उतिबेलै रकम बुझाएका,भनसुन गरेका र नम्बरिङ्गमा पछि परेका मध्ये केही अहिले बढुवा सूचीमा नपर्ने सुँईंको पाएपछि अहोरात्र कुदाकुदमा छन् भने यसवीच कसै कसैको हुर्मत लिने धन्दा पनि जारी नै छ ।

२०७० साल चैत्र ९ गते नियुक्त भएका १४४ जमामध्ये यो लटमा बढुवा हुने त ४७ जना मात्रै हुन् । बिहे गरेको चौथो दिन दुलहीलाई घर पुर्याएर फर्कँदा रुकुमको सवारी दुर्घटनामा एक जनाको निधन (नवीन श्रेष्ठ),एक जना अख्तियारबाट निलम्बन (हरिहर सुनुवार) र एक जना जागिर छाडेर युएनको जागिर (तुलसा खतिवडा) मा हिंडेपछि ४४ जनाको लिस्ट बन्दैछ । उदाहरणका लागि बढुवा सूचीको सात नम्बरमा रहेका राजेशराज पुरीकै उदाहरण लिऊँ ।

बिहे गरेको चौथो दिन दुलहीलाई घर पुर्याएर फर्कँदा रुकुमको सवारी दुर्घटनामा एक जनाको निधन (नवीन श्रेष्ठ),एक जना अख्तियारबाट निलम्बन (हरिहर सुनुवार) र एक जना जागिर छाडेर युएनको जागिर (तुलसा खतिवडा) मा हिंडेपछि ४४ जनाको लिस्ट बन्दैछ ।

नेपाल प्रहरीको तालिम निर्देशनालयले २०७३ सालमा आइपिएस (इण्डियन पुलिस सर्भिस) ट्रेनिङका लागि पाँच जना इन्स्पेक्टरलाई छनोट गरेको थियो ।अत्यन्तै कठिन मानिएको उक्त तालिममा पाँच देशका प्रतिस्पर्धीलाई उछिन्दै उनी आउटडोर प्रशिक्षणतर्फ सर्वोत्कृष्ट भए । 

तत्कालीन गृहमन्त्री राजनाथ सिंहबाट महत्वाकाङ्क्षी पुरस्कार मानिने ‘स्वर्ड अफ अनर’ प्राप्त उनी ‘जनसेवा श्री’ पदकबाट पनि सम्मानित भइसकेका छन् । आइजिपी सैलेश थापा र एआइजी निरज शाहीले वीरगञ्ज पठाउँदा १८ दिनसम्म जान आनाकानी गरेका उनलाई जिल्लाकै उत्कृष्ट प्रहरीका रुपमा सम्मानित गरिएको थियो । 

नेपाल प्रहरीसङ्ग क्षमतावान युवा जनशक्ति नभएको हैन,उनैले नेकपा छँदा आफ्नै कमरेड मारेर फरार हुनेलगायत जघन्य अपराधमा सँलग्न ६० जनालाई पारीबाट समातेर ल्याएका थिए ।

शुरुदेखि नै इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्दै आएका उनी बढुवाको मुखमा मिडिया ट्रायलको शिकार भएका छन् । आफूले गर्दै नगरेको ‘अपराध’ मा मुछ्न खोजिएपछि भन्छन्,‘छान्ने काम नेतृत्वको हो । कार्यसम्पादन हेरेर छनोट गर्नु होला । मैले १५ लाख होइन,१५ रुपैयाँ मात्र पनि दिएको प्रमाण पेश भयो भने जागिरबाट बर्खास्त गरिदिए हुन्छ । यो खुट्टा तान्ने प्रयास हो । गल्ती गरेको रहेछु भने सजाय भोग्न तयार छु ।’

माथिल्लो पदमा जाने इच्छा सबैको हुन्छ तर सीट थोरै छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा निरीक्षकलाई नायव उपरीक्षकमा बढुवा गर्ने तयारी शुरु भयो । दावेदार धेरै तर कोटा कम,यसर्थ बढुवाको लाइनमा रहेका सबैले आ–आफ्नो ठाउँबाट जोडबल लगाउने नै भए । पुरीले पनि आकाङ्क्षी हुँ भन्दै कुरा पुर्याए । सोही विषयलाई लिएर हाल आफ्नो छविमाथि हिलो छ्याप्ने काम भएको बताउँछन् । 

उनले भने,‘बढुवाका लागि आर्थिक चलखेल सरासर फौजदारी अपराधअन्तर्गत पर्दछ । कसैले प्रमाणित गरेमा सजायँ भोग्न तयार छु ।’उता फ्रेसमा प्रथम तर असइबाट आएकाहरुको कारण ब्याचकै चौथो नम्बरका आयुष जोशी पनि पीडा र तनावमा छन् । भन्छन्-योग्यता र क्षमताले जो माथि गए पनि स्वीकार्य छ तर खाँदै नखाएको बिष लाग्नु भएन,सङ्गै ९ महिना कठोर तालिमवीच खाइखेली गरेका साथीहरूवीच अर्काको खुट्टा तान्दै अस्वस्थ प्रतिस्पर्धा नभइदिए कत्ति राम्रो हुने थियो ! 

 

टिप्पणीहरू