भ्रष्टाचार र भ्रष्टाचारीको विषयमा पाखण्डी कुरो नगर्नु : पूर्वमाओवादी नेता

भ्रष्टाचार र भ्रष्टाचारीको विषयमा पाखण्डी कुरो नगर्नु : पूर्वमाओवादी नेता

नेकपा माओवादी केन्द्रका पूर्वनेता हेमराज भण्डारीले भ्रष्टाचार छानबिनको नाममा भ्रम र पाखण्डको राजनीति भइरहेको बताएका छन् । 

धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारीसमेत दिएका उनले भ्रष्टाचारको उजुरीमा पाँच वर्षे हदम्यादको निम्ति कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाइएपछि यस्तो टिप्पणी गरेका हुन् ।

उनले सस्तो लोकप्रियताको लागि भ्रष्टहरुले नै भ्रष्टाचार छानबिन र कारबाहीको भाषण गर्न थालेको आरोप लगाएका हुन् । आज सामाजिक सञ्जालमा स्टाटस् लेखिएको छ, ‘एकातिर सस्तो लोकप्रियताको लागि सबै कालखण्डका भ्रष्टाचारको छानबिन र कारबाहीको भाषण गर्ने ! अर्कोतिर उनीहरु नै भ्रष्टाचारको उजुरीमा पाँच वर्षे हदम्यादको लागि कानुन संशोधन गर्ने ?’

उनले लेखेका छन्, ‘भ्रष्टहरु भ्रम र पाखण्डको राजनीति बन्द गर ।’ सरकारले सरकारी सम्पत्ति हानीनोक्सानी गरेर भ्रष्टाचार गर्नेलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिने भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ को प्रावधान संशोधन गरेर हदम्याद पाँच वर्षमा सीमित गर्न विधेयक संशोधन गर्ने तयारी थालेको छ । 

भ्रष्टाचार मुद्दा चलाउने हदम्याद पाँच वर्षमा सीमित गर्ने तयारी गरिएपछि सर्वत्र विरोध भइरहेको छ । सरकारले भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रपञ्च रचेको आरोपसमेत लगाइएको छ ।

टिप्पणीहरू