इण्डोनेसियाका सञ्चारमन्त्री ५० करोड डलर भ्रष्टाचार आरोपमा पक्राउ

इण्डोनेसियाका सञ्चारमन्त्री ५० करोड डलर भ्रष्टाचार आरोपमा पक्राउ

इण्डोनेसियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री ५० करोड डलर भ्रष्टाचार काण्डमा पक्राउ परेका छन् । मन्त्री जोनी जी प्लेटलाई प्रहरीले हिरासतमा राखेर छानबिन तथा अनुसन्धान थालेको त्यहाँको प्रहरीले जनाएको छ । 

दूरसञ्चार टावरसम्बन्धी परियोजनामा उनले राज्यकोषमा ५० करोड अमेरिकी डलर हानी नोक्सानी पुर्याएको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले उनलाई राजधानी जकार्तामा सोधपुछि पनि अनुसन्धान थालिएको हो ।

उनले मोबाइल टावरको बेस टन्सफर स्टेसन सम्बन्धी परियोजनामा उक्त घोटाला गरेको तथ्य फेला परेको हो । ग्रामीण इलाकामा मोबाइलको फोर जी र इन्टरनेट सेवा विस्तारका लागि सरकारले उक्त परियोजना सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अदालतबाट भ्रष्टाचार प्रमाणित भएमा उनीमाथि कम्तीमा २० वर्षको जेल सजाय हुने त्यहाँको कानुनी व्यवस्था छ । इण्डोनेसियामा पछिल्ला दिनमा उच्च ओहोदामा रहेका धेरै जना भ्रष्टाचार काण्डमा मुछिएका छन् ।

यसअघि सन् २०२१ मा सामाजिक मामिलामन्त्री १२ लाख डलर घूस  लिएको आरोपमा प्रमाणित भएपछि १२ वर्ष जेल सजाय भोगिरहेका छन् । ती मन्त्रीले गरिब परिवारलाई राज्यले कोरोना महामारीमा उपलब्ध गराएको रासनमा एजेन्सीसँग मिलेर बदमासी गरेका थिए ।

टिप्पणीहरू