डा.बाबुरामको टोपबहादुरलाई प्रश्न : अपराध नगरेको भए किन भागेको ?

डा.बाबुरामको टोपबहादुरलाई प्रश्न : अपराध नगरेको भए किन भागेको ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले सचिव तथा नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई अपराधीको संज्ञा दिनुभएको छ । उहाँको अपराध नगर्नेले भाग्नै नपर्ने धारणाले उक्त संज्ञा दिएको हो ।

राजधानीको नक्सालमा आयोजित भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी भएपछि उहाँले उक्त धारणा राख्नुभएको हो । आफू अपराधी नभए भाग्नै नपर्ने डा. भट्टराईको भनाइ छ ।

आरोपितमध्ये हालसम्म गृहमन्त्री बालकृष्ण खाँणसहित एक दर्जन पक्राउ परिसकेका छन् । रायमाझी भने ११ दिनअघि बुटवलबाट फरार भएका हुन् ।

टिप्पणीहरू