न्याय चाहियो भन्दै सर्वोच्चको मूलगेटमा पुगेका महिला पक्राउ

न्याय चाहियो भन्दै सर्वोच्चको मूलगेटमा पुगेका महिला पक्राउ

घरेलु हिंसा पीडित बिनु यादव र महिला अधिकारकर्मी जस्मिन ओझा पक्राउ परेका छन् । न्याय माग गर्दै सर्वोच्च अदालतको गेटअगाडि अनशन बस्न खोज्दा प्रहरीले उनीहरुलाई आज दिउँसो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीले पक्रेर उनीहरुलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबार पुर्याएको छ । आफूमाथि घरेलु हिंसा भएको र न्यायालयले पनि न्याय नदिएको भन्दै बिनुले यसअघि पनि पटकपटक आन्दोलन गरिसकेकी छन् । 

उनले केही समयअघि सर्वोच्चको गेटमा रातो रङ्ग छ्यापेर विरोध जनाएकी थिइन् । रामेछापको गोठगाउँका प्रदीप कठायतसँग प्रेम विवाह गरेकी बिनुले जिल्ला अदालत रामेछापका न्यायाधीशले विभिन्न प्रलोभनमा आफ्नो सम्बन्धविच्छेदको फैसला गरिदिएको आरोप लगाउँदै आएकी छन् ।

टिप्पणीहरू