राजाको राज्याभिषेकपछि बेलायती जर्नेल काठमाडौंमा

राजाको राज्याभिषेकपछि बेलायती जर्नेल  काठमाडौंमा

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक सकिएको छ । रानी क्यामिलासहित राजा चार्ल्सको अस्ति शनिबार राजधानी लण्डनमा भव्य समारोहबीच राज्याभिषेक भएको हो । 

उक्त समारोहमा झण्डै एक सय देशका राष्ट्र तथा सरकार प्रमुखको उपस्थिति थियो । २२ सयभन्दा बढी अतिथि समारोहमा उपस्थित थिए । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउदले प्रतिनिधित्व गर्नुभएको थियो । 

यता,बेलायती सेनाको एउटा टोली आज नेपाल आएको छ । रोयल कलेज अफ डिफेन्स स्टडिजका १९ जना थप अध्ययनको निम्ति काठमाडौं आएको बताइएको छ । उक्त कलेजका शिक्षाध्यक्ष लेफ्टिनेण्ट जनरल सर जर्ज नोर्टनको नेतृत्वमा तालिमरत शिक्षार्थीहरु आएका हुन् ।

टोली नेपालको शैक्षिक भ्रमणमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले बताएको छ । उनीहरु आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू