मिसनरीको धन्दा, स्थानीय सरकारको फन्दा

मिसनरीको धन्दा, स्थानीय सरकारको फन्दा

नेपालको शिक्षा प्रणाली सुधार्ने नाममा अमेरिकी तथा पश्चिमा मुलुकका क्रिश्चियन मिसनहरूको चलखेल तीव्र भएको छ । सन् १९५१ बाट शुरु भएको सेण्ट जेभियर्स स्कूलको गतिविधिलाई ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले धक्का दिएका छन् ।

वडा नं ४ जावलाखेल र गोदावरी नगरपालिका वडा नं ३ स्थित सेण्ट जेभियर्सका दुई शैक्षिक संस्थामा भर्ना गर्न सरकारका मन्त्रीदेखि उच्चपदस्थसम्म भिड्ने भएकाले तिनले स्थानीय सरकारलाई सम्पूर्ण रूपमा अटेर गरिरहेका थिए । संघीयता लागू नहुञ्जेलसम्म शिक्षामन्त्री र सिडिओ, एसपीलाई दुई चार कोटा छुट्याएर बाँकी क्रिश्चियन मिसनका नेताहरू, विभिन्न चर्च र धनाढ्यहरूलाई उपलब्ध गराउने गरिएको थियो । 

सन् १९५० मा जनरल मृगेन्द्रसमशेर राणाको प्रस्तावमा भन्दै अमेरिकी क्रिश्चियन अभियन्ता फादर जोसेफलाई गरिएको आग्रहअनुसार खोलिएको यो स्कूलको डायरी लगायतका शैक्षिक सामग्री र कतिपय पाठ्यसामग्रीमा चर्चमा गएर गरिने प्रार्थनाका अभ्यासहरू राखिएको बताइन्छ । 

सार्वजनिक जग्गा र स्थानीयका जग्गासमेत अधिग्रहण गरेर सरकारले निशुल्क जग्गा उपलब्ध गराएको शैक्षिक संस्थाले नियम कानुन मान्दिन भनेकोले मेयर चिरीबाबु महर्जनले सम्झौता हुनै नसक्ने अड्डी लिएको बताइन्छ । चिरीबाबु महर्जन पुल्चोकस्थित फल्चा नेपालकै चर्चित र सबै राजनीतिक दललाई आफ्नो प्रभावमा राख्न सक्ने मानिएका सहकारीकर्मी सुरेन्द्र भण्डारीलाई पराजित गर्दै संरक्षण गरेका पात्र हुन् ।  जेभियर्सले कब्जा गरेको सार्वजनिक जग्गामा गत वर्ष स्थानीयहरूले खेलमैदान बनाएका छन् भने भर्ना पारदर्शी गर्न संघर्ष चलिरहेको छ । 

यस्तै गोदावरी १२ ठेचो र महालक्ष्मी ६ सानागाउँमा सञ्चालित डन बस्को स्कूलमा पनि अनुगमन गर्न दबाब बढेको छ । महालक्ष्मीका मेयर हरिगोविन्द महर्जन उक्त स्कूलको सञ्चालक समितिमा लामो समय आबद्ध रहेकाले उसका कुनै गतिविधिमा नगरपालिकाले केही गर्न नसक्ने भन्दै शिक्षा शाखाका कर्मचारीलेसमेत आफ्नो निरीहता व्यक्त गरे । 

टिप्पणीहरू