भारतमा पछिल्लो चार वर्षमा २ सय बाघ थपिए

भारतमा पछिल्लो चार वर्षमा २ सय बाघ थपिए

भारतमा बाघको संख्या बढेको छ । पछिल्लो गणनाअनुसार भारतमा बाघको संख्या बढेर ३ हजार १६७ पुगेको बताइएको छ । सन् २०१८ मा भारतमा बाघको संख्या २ हजार ९६७ थियो ।

विश्वका कुल बाघमध्ये ७५ प्रतिशत भारतमा रहेको अनुमान छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गत आइतबार बाघ गणनाको पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै गत शताब्दीको सुरुमा विश्वमा बाघको संख्या एक लाखभन्दा बढी थियो । तर त्यसपछि बाघको संख्या घटेर दयनीय अवस्थामा पुगेको हो । सन् २००६ मा भारतमा बाघको संख्या घटेर १४ सयमा सीमित थियो ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का अनुसार विश्वमा बाघको संख्या ४ हजार ५ सय छ । पश्चिम बंगालको सुन्दरवन क्षेत्रमा सबैभन्दा धेरै बाघ पाइएको छ । भारतले बाघ संरक्षण परियोजना सन् १९७३ देखि सुरु गरेको हो ।

भारतमा ७० वर्षपछि गत मार्च महिनामा पहिलो पटक चितुवाको जन्म भएको छ । भारतबाट चितुवा लोप भएपछि जन्मेको उक्त चितुवाको बच्चा नै पहिलो भएको बताइएको छ । भारतले केही चितुवा अफ्रिकाबाट ल्याएको छ ।

टिप्पणीहरू