उत्तर कोरियामा सप्ताहव्यापी ‘सूर्य दिवस’ शुरु

उत्तर कोरियामा सप्ताहव्यापी ‘सूर्य दिवस’ शुरु

उत्तर कोरियामा दिवंगत नेता किम इल सुङको जन्मजयन्ती मनाउन थालिएको छ । आजदेखि मुलुकभर सूर्य दिवसको रुपमा किमको जन्मजयन्ती मनाउन लागिएको बताइएको छ ।

स्वर्गीय नेता किमको भोलि १११ औं जन्मजयन्ती हो । त्यसको लागि आजैदेखि उत्तर कोरियामा साताभर सूर्य दिवस मनाउन थालिएको पोङ्याङस्थित फरेन ल्याङ्वेज पब्लिकेसन्स हाउसले जनाएको छ ।

किम इल सुङ उत्तर कोरियाको संस्थापक हुन् । सन् १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापनादेखि सन् १९९४ सम्म  मुलुकको कार्यकारी प्रमुख थिए ।

टिप्पणीहरू