एसईई दिएका २ सयबढी छात्रालाई साइकल

एसईई दिएका २ सयबढी छात्रालाई साइकल

रुपन्देहीमा यो वर्षको एसईई दिएका दुई सय तीन जना छात्रालाई साइकल दिइएको छ ।  कोटहीमाई गाउँपालिकाले एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको जनाएको छ । 

गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका २०३ जना छात्रालाई साइकल वितरण गरिएको अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिए । एसइईपछिको उच्च अध्ययनलाई निरन्तरता दिलाउन साइकल प्रदान गरिएको उनको भनाइ छ । 

गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी सापकोटाले शिक्षा क्षेत्रलाई उकास्ने उद्देश्यले साइकल वितरण गरिएको बताइन् । गाउँपालिकाले यसअघि छोरी जन्म प्रोत्साहन, छोरी विवाह प्रोत्साहनलगायत विभिन्न योजना लागु गरिसकेको छ ।

गाउँपालिकाभित्र लालबिहारी माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, मर्यादापुर माध्यमिक विद्यालय, तुनिहवा माध्यमिक विद्यालय, मर्चावार आदर्श माध्यमिक विद्यालय, जानकी माध्यमिक विद्यालय र बोगडी सामुदायिक माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरिएको हो । ती विद्यालयमा कक्षा १० मा भर्ना भएका २३२ जनामध्ये एसइईमा सहभागी २०३ जना छात्रालाई साइकल वितरण गरिएको छ ।

टिप्पणीहरू