भुइँमान्छेकाे मधुर भाका

यी हाेनहार युवक, जाे चितवनकाे भरतपुर, नारायणगढतिर बाेरा बाेकेर प्लाष्टिक, कागज लगायतका फाेहाेर बटुल्दै बाटाे सफा गर्दै हिँड्छन् । त्यही फाेहाेर बेचेर कमाएकाे पैसाले पेट भर्छन्, सडकमै पैदल रमाउँछन्, जसलाई यस समाजले खाते भनी चिन्दछ ।

उनै सडकमानव आज बिहान ९ बजेतिर नारायणगढ बजारकै लायन्सचाेकमा सुनिएर देखिए । त्यहाँ सडकपेटीमै काँधकाे बाेरा बिसाएर उनले बजाएकाे याे बाँसुरीकाे धुनले एकाएक मन छाेयाे, भावविह्वल बनायाे । 

कला चिनाैं अनि कलाकारकाे सम्मान गराैं ।
 

टिप्पणीहरू