लिथुआनियाली योगा र अध्यात्ममा आकर्षित, त्यहाँकाे भाषामा संस्कृतका १०८ आगन्तुक शब्द

लिथुआनियाली योगा र अध्यात्ममा आकर्षित, त्यहाँकाे भाषामा संस्कृतका १०८ आगन्तुक शब्द

भारत घुम्न आउने लिथुआनियालीमध्ये ७० प्रतिशतभन्दा बढीको उद्देश्य योगा र आध्यात्मिक हुने गरेको छ । लिथुआनियाका केही शहरमा योगा र संस्कृतबारे अध्यापन गराइने संस्था रहेको बताइएको छ । भारतमा झैँ त्यहाँको राजधानी भिल्नियस शहरमा हरेक वर्ष अन्तर्राष्ट्रिय योगा दिवस मनाइने गरिएको छ । 

भारतले गत शुक्रबारदेखि भिल्नियसमा आवासीय राजदूतावास सञ्चालनमा ल्याएको छ । नयाँ दिल्लीमा लिथुआनियाले सन् २००८ देखि दूतावास खोलेको थियो । लिथुआनिया र भारतबीच कूटनीतिक सम्बन्ध सन् १९९२ को फेबु्रअरी २५ देखि कायम भएको हो ।

भिल्नियस विश्वविद्यालयमा दशकौंदेखि संस्कृत र हिन्दी भाषाको अध्यापन हुँदै आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यसबीचमा लिथुआनी भाषामा संस्कृतका १०८ वटा शब्दलाई आगन्तुक बनाइएको छ ।

टिप्पणीहरू