कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, रुघाखोकी भनेर बेवास्ता नगरौँ

कोरोना बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, रुघाखोकी भनेर बेवास्ता नगरौँ

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ । 

कोरोनाको संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न भन्दै मन्त्रालयले दुवै रोगको लक्षण मिल्दोजुल्दो हुने भएकाले सतर्क रहन भनेको हो । कोरोनालाई रुघाखोकी भनेर ख्यालख्याल नगर्न मन्त्रालयले सचेत गराएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, गन्ध थाहा नहुने, नाकबाट सिंगान बग्ने, टाउको दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिएमा तत्काल कोरोना परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ । 

त्यस्तै, कोरोनाको जोखिमबाट बच्नका लागि सम्पूर्ण जनस्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सही तरिकाले मास्क लगाउन, भौतिक दुरी कायम गर्न, बेलाबेलामा साबुनपानीले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न, हावा आवजजावत हुने स्थानमा बस्न र कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले भनेको छ । 

पछिल्लो केही दिनयता मुलुकमा कोरोना संक्रमणदर बढेको छ । अस्ति ६९ र हिजो २४ जना संक्रमित भेटिएका छन् ।
 

टिप्पणीहरू