एमालेबाट एसमा प्रवेश

एमालेबाट एसमा प्रवेश

एमाले झापा जिल्लाका नेता तथा २०७४ सालको स्थानीय निर्वाचनमा हल्दिबारी गाउँ पालिकामा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

एमाले युवा संघको पूर्व जिल्ला अध्यक्षसमेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय सँसदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले आफ्नो फेसबुकमा लेखेका छन् ,आज मिति २०७९ चैत्र ११ गतेदेखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मन्च हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।

उनले झापामा एमालेले राप्रपासङ्ग तालमेल गरेको  विषयलाई आपत्ति जनाउँदै एमालेबाट बिद्रोह गरेका थिए । गिरी  झापामा सशक्त युवा राजनीतिकर्मी हुन् ।

टिप्पणीहरू