मीनाले भारतमा यसरी कसिन् मोर्चा

मीनाले भारतमा यसरी कसिन् मोर्चा

भारतीय समाचार पोर्टल द मूकनायककी संस्थापक मीना कोटवाल धेरै पढिने अखबार र सामाजिक सञ्जालमा एकछत्र छाइरहेकी छन् । 

अमेरिकी अखबार द न्युयोर्क टाइम्सदेखि संयुक्त अरब इमिरेट्सको खलिज टाइम्ससम्ममा उनैको चर्चा छ । टाइम्सले मीना कोटवालको संघर्षको कथा कभरेज गर्दै उत्पीडित समुदायकी महिला–पत्रकारले कसरी भारतीय समाजमा जातीय पर्खाल तोडेर सफलता हासिल गरिन् भन्ने वर्णन गरेको छ । इण्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारिता सकेर ‘जनताको आवाज’ बोलिरहेकी उनी भारतीय सञ्चारजगतमा अब्बल देखिएकी छन् । पत्रकार मीनाले २०१७ देखि ०१९ सम्म बीबीसी हिन्दीमासमेत काम गरेकी थिइन् ।

उनले दलित र पिछडिएका समुदायको आवाज उठाउन सन् २०२१ मा द मूकनायकको स्थापना गरेकी हुन् । त्यसपछि आफ्नो समाचार पोर्टलमा मूलधारका मिडियाले दबाइरहेका कैयौँ समाचार छापिन् । जर्नो मिररका अनुसार मीनाले लुकेका समाचार पर्दाफास गर्दा सामाजिक सञ्जालमा धम्कीको सामना पनि गर्नुप¥यो तर पनि निर्धक्क भएर आफ्नो पेशामा खटेर लागिरहिन् । 
अखबार र सामाजिक सञ्जालमा पत्रकार मीनाको स्टोरी छापिएपछि ’द मूकनायक’सामु सहयोगी हातहरू फैलिरहेका छन् । 

टिप्पणीहरू