तिलोत्तमामा गट्खा बेच्न नपाइने, जबर्जस्ती गरे जरिवाना

तिलोत्तमामा गट्खा बेच्न नपाइने, जबर्जस्ती गरे जरिवाना

रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । 

नगरपालिकाले गुट्खाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै यसबाट निस्कने फोहोरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकूल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाएको हो । 

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगरपालिकाको हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियानको १०० औं श्रृंखलाको मूल समारोहबाट नगरक्षेत्रभित्र गुट्खाजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको जानकारी दिए । निर्णयको कार्यान्वयनका लागि चैत ७ गतेदेखि १५ दिनसम्मको समय दिएको बताउँदै उनले कुनै पसल वा डिलरहरुले गुट्खाजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने बताए । 

निर्णयअनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना गरिनेछ । यसैगरी, खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना हुनेछ ।
 

टिप्पणीहरू