कृषि विकास कार्यालयका अधिकांश हाकिम भ्रष्टाचारमा तानिए

कृषि विकास कार्यालयका अधिकांश हाकिम भ्रष्टाचारमा तानिए

कालिकोटको तत्कालीन कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख भरतबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । हाल कृषि विकास कार्यालय नामकरण भएको कार्यालयका उनीसहित नौ जनामाथि ६६ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाई तथा ऊर्जा विकास मन्त्रालयका तत्कालीन सब–इन्जिनियर गुरुराज सञ्ज्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

उनीहरुले सम्भाव्यता अध्ययन नगरेको र विद्युत सुविधा नभएको स्थानमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त रहेको सिफारिस गरेर राज्यकोष दुरुपयोग गरेका हुन् । 
त्यसैगरी छनौट समितिका पदाधिकारी हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ दाहालमाथि पनि भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेको छ ।

आरोपितहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम माग दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

टिप्पणीहरू