आमा बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन स्थगित

आमा बिरामी परेपछि पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन स्थगित

पूर्वराजा ज्ञानेन्द्र शाहलाई गर्न खोजिएको नागरिक अभिनन्दन रोकिएको छ । पूर्वपञ्च दिलबहादुर श्रेष्ठका छोराहरुको आयोजनामा गर्न लागिएको अभिनन्दन हाललाई स्थगित भएको हो ।

इनरुवा,सुनसरीका दिलबहादुर पञ्चायतकालका मन्त्री हुन् । उनका छोरा सिनेट श्रेष्ठहरुको पहलमा १३ गते पूर्वराजाको अभिनन्दन गर्न खोजिएको थियो । तर, दिलबहादुरकी श्रीमती तथा सिनेटकी आमा सिकिस्त बिरामी परेपछि अभिनन्दन रोकिएको छ ।

सिनेट ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्रीसमेत बनेका थिए । एकातिर दुर्गा प्रसाईं मार्सीको अभियान,अर्कोतिर राप्रपाभित्र रविन्द्र मिश्रहरुको बोली बिक्न थालेको अवसरमा सिनेटहरुले ज्ञानेन्द्रलाई अभिनन्दन गर्न लागेका हुन् ।
 

टिप्पणीहरू