भारतले हान्यो छोटो दूरीको मिसाइल

भारतले हान्यो छोटो दूरीको मिसाइल

भारतले नयाँ खालका छोटो दूरीमा प्रहार गर्ने मिसाइलको सफल परीक्षण गरेको छ । रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ) ले एकीकृत परीक्षण दायरामा ल्याइएका एयर डिफेन्स सिस्टम ( भीएसएचओआरएडइएस) को लगातार दुई सफल उडान परीक्षण उडिसामा गरेको जनाइएको छ ।

उक्त मिसाइलको डिजाइन र विकसित स्वरुप छोटो दूरी र कम उचाईमा हुनसक्ने हवाई आक्रमणलाई रोक्नु रहेको डिआरडिओको भनाइ छ । भारतीय रक्षा मन्त्रालयका अनुसार उडान परीक्षण उच्च गति र मानवरहित हवाई लक्ष्यविरूद्ध जमिनमा आधारित पोर्टेबल माध्यमबाट गरिएको हो । 

यसअघि यस्तै खालको परीक्षण २०२० सेप्टेम्बरमा चण्डीपुरको एकीकृत टेष्ट रेञ्जमा पनि गरिएको थियो । सोही परीक्षणलाई थप परिष्कृत तुल्याउँदै हिजो मिसाइल परीक्षण गरिएको जानकारी दिइएको छ । यो भारतका विभिन्न डिआरडिओ प्रयोगशाला र भारतीय उद्योग साझेदारहरूको सहयोगमा हैदराबाद, इमारतको अनुसन्धान केन्द्रद्वारा डिजाइन र विकसित तुल्याइएको हो ।
 

टिप्पणीहरू