चीनतर्फ उड्न लागेका नेपाली यात्रुको झोलाभरि विदेशी मुद्रा

चीनतर्फ उड्न लागेका नेपाली यात्रुको झोलाभरि विदेशी मुद्रा

काठमाडौंबाट चीनको ग्वाङ्झौ उड्न लागेका दुई जना नेपाली यात्रुको साथबाट ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेको छ । दिउँसो १ बजे चाइना साउदर्नको उडान नम्बर सीजेट ६०६८ मा त्यसतर्फ जान लागेका रमिला थापा र आनन्द गुरुङको साथबाट २४ हजार अमेरिकी डलर, नौ हजार युरो र तीन हजार ४९९ चिनियाँ युआन प्रहरीले बरामद गरेको छ ।

रमिलाको साथबाट १६ हजार ५ सय अमेरिकी डलर, ७ हजार युरो र २ हजार ३०९ चिनियाँ युआन फेला परेको बताइएको छ । त्यसैगरी गुरुङ्गको साथबाट अमेरिकी डलर ७ हजार ५ स, युरो २ हजार र चिनियाँ युआन १ हजार १९० अवैध विदेशी मुद्रा फेला परेको हो ।

उनीहरु दुबै जनालाई विदेशी विनिमय ऐनअन्तर्गत विदेशी मुद्रा अपचलनको मुद्धा चलाउन राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।
 

टिप्पणीहरू