राष्ट्रपतिको राजीनामा संसदमा दर्ता,तनहुँमा फेरि चुनाव

राष्ट्रपतिको राजीनामा संसदमा दर्ता,तनहुँमा फेरि चुनाव

राष्ट्रपति रामचन्द्र पौडेलले सांसद पदबाट राजीनामा दिनुभएको छ । उहाँले केहीबेर अघि पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गर्नुभएको छ ।

सोही क्रममा उहाँले संविधानको धारा ६२(६) बमोजिम प्रतिनिधिसभा सदस्य पदबाट हिजो राजीनामा दिनुभएको थियो । सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर लेख्नुभएको राजीनामा आज संसदमा दर्ता भएको छ ।

राष्ट्रपति पौडेल तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । राष्ट्रपतिमा निर्वाचित व्यक्ति कुनै पनि राजनीतिक दलसँग आवद्ध हुन नपाइने संवैधानिक व्यवस्थाबमोजिम उहाँले सांसद पदबाट राजीनामा दिनुभएको हो ।

टिप्पणीहरू