भारतमा फस्टायो सूर्यमुखी फूलको खेती

भारतमा फस्टायो सूर्यमुखी फूलको खेती फोटो : सिन्ह्वा

भारतमा सूर्यमुखी फूलको खेती निकै लोकप्रिय बन्न थालेको छ । भारतका विशेषगरी उत्तरपूर्वी राज्यमा यो खेती लोकप्रिय बनेको बताइएको छ ।

उत्तरपूर्वी राज्यमध्ये आसाम यसको निम्ति उपयुक्त थलो बनेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । भारतलगायत विश्वमा सूर्यमुखीको तेलको माग बढ्दो छ । त्यसैलाई ध्यानमा राखेर राज्य सरकारको पहलमा यसको खेतीलाई व्यापकता दिइएको हो ।

सूर्यमुखी फूलले तेलको साथै मह उत्पादनमा समेत राम्रो योगदान पुर्याउने बताइन्छ । यसको खेती वरपर गरिएको मौरी पालनबाट मह किसानले राम्रो फाइदा लिएका छन् ।

टिप्पणीहरू