यस्तो छ, चीनको युचियाङ नदीमा निर्माणाधीन पुलको आकर्षक दृश्य

भिडियो : सिन्ह्वा

दक्षिणी चीनको क्वाङ्सी चुआङ प्रान्तको हेन्जाउ शहरमा फैलङ पुल निर्माणको काम अघि बढेको छ । 

झण्डै एक हजार मीटर लामो पुल धमाधम निर्माण भइरहेको छ । यो पुलले युचियाङ नदीको दुवै छेउबाट सवारी साधनलाई छिटो गन्तव्यमा पुर्याउन सहयोग पुर्याउने उद्देश्य राखिएको छ । 

हाल निर्माणाधीन अवस्थामा रहेको पुलको काम सम्पन्न भएपछि यसले यातायातको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने बताइएको छ । चिनियाँ समारचार समिति सिन्ह्वाले ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने उल्लेख गरेको छ । 

नदीको बीचमा निर्माण भइरहेको पुलको दृश्य आकाशबाट हेर्दा निकै सुन्दर देखिएको सिन्ह्वाको भिडियोमा छ । पुल नबन्दै राम्रो देखिएको दृश्य पुल बनेपछि झन् उत्कृष्ट हुने स्थानीयको बुझाइ छ ।

टिप्पणीहरू