चीनमा फूल किन्नेको सँधै घुईंचो, हिजो देखियो विशेष

चीनमा फूल किन्नेको सँधै घुईंचो, हिजो देखियो विशेष

चीनको दक्षिण पश्चिम भेगमा रहेको युनान प्रान्तको खुनमिङ शहरमा हिजो निकै चहलपहल देखियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा त्यहाँ फूल किन्नेको भीडका कारण शहरमा अरु दिनको भन्दा धेरै चहलपहल भएको बताइन्छ । 

लैङ्गिक समानता र महिलाको चौतर्फी विकासको प्रवद्र्धन गर्न एक अर्कालाई फूल दिने गरिन्छ । चीनको ऐतिहासिक प्रगतिको आधारमा महिला सशक्तिकरणले फूल उद्योगलगायत विभिन्न क्षेत्रमा निकै ठूलो फड्को मारिएको बतान्इछ । 

एसियाको सबैभन्दा ठूलो ताजा फूलको व्यापारिक बजारको रुपमा रहेको डोनान फूल बजारको प्रदर्शनलाई त्यसको ब्यारोमिटरको रुपमा नाप्ने गरिएको छ । उक्त बजारमा मात्रै वर्षेनी ११ अर्ब चिनियाँ युआनको फूलको व्यापार हुने गरेको छ । 

कुनमिङ इन्टरनेसनल फ्लोरा अक्सन ट्रेडिङ सेन्टरकाअनुसार गत साता लगातार दुई दिनसम्म फूलको व्यापारिक सूचकाङ्क एक हजार अंकले नाघेको थियो । जसले हालको व्यापारिक रेकर्ड कायम गरेको छ । 

‘चाडपर्वमा फूल खरिदका लागि उपभोक्ता समूहको उमेर दायरा र कभरेज फराकिलो छ, फूलमा धेरै विविधता पाइन्छ । सबैको लोकप्रिय फूल फरक देखिन्छ । मौसमी फूलहरुको प्रचुरताका कारण उपभोक्ताहरुसँग त्यसको छनोटका विकल्पहरुको दायरा पनि फराकिलो छ’, ट्रेडिङका ली झिचुनले भने । 

गत जनवरी महिनामा मात्रै ट्रेडिङले २० करोड युआनको फूलको व्यापार गरेको थियो । फूल प्याक गर्न त्यहाँका कामदारलाई सँधै भ्याइनभ्याइ हुने गरेको छ ।

टिप्पणीहरू