फोटोमा यस्तो देखियो वसन्तपुरको होली उमंग

काठमाडौँ उपत्यकासहित देशका पहाडी जिल्लामा आज होली (फागुपूर्णिमा) हर्षाेल्लासका साथ मनाइँदै छ । औपचारिक रुपमा भोलि मनाइने भएपनि तराई-मधेसमा समेत आजै होली खेलिएको छ । 

देशका विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर होली कार्यक्रम चलिरहेको छ ।

बसन्तपुरमा हरेक वर्ष चीर ठड्याइएर होली मेला लाग्ने गरेको छ ।

टिप्पणीहरू