राष्ट्रपति निर्वाचनअघि काँग्रेस सरकारमा जान्छ : काँग्रेस नेता पौडेल

राष्ट्रपति निर्वाचनअघि काँग्रेस सरकारमा जान्छ : काँग्रेस नेता पौडेल

नेपाली काँग्रेस वर्तमान सरकारमा फागुन २५ गते अगावै सरकारमा सहभागी हुने भएको छ । पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं ५ का सांसद प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचन अगावै आफ्नो दल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने जानकारी दिएका हुन् ।

उनका अनुसार महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारीसहित काँग्रेस सरकारमा जाने तयारी भइरहेको छ । प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने, ‘अरु दल पनि सरकारमा सहभागी हुँदैछन् । हामी पक्का झैं छ ।’ 

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी एमाले र राप्रपाले समर्थनसमेत फिर्ता लिएर सरकार छाडिसकेका छन् । यसअघि दोहोरो नागरिकता र राहदानीको काण्डमा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री स्वयम्ले लिनुभएको छ ।

टिप्पणीहरू