बाग्मतीलाई तीन दर्जन इञ्जिनियर चाहियो

बाग्मतीलाई तीन दर्जन इञ्जिनियर चाहियो

बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले करारमा कर्मचारी मागेको छ । मन्त्रालयले इञ्जिनियर (अधिकृत सातौं) र सब-इञ्जिनियर (सहायक पाँचौं) पदका लागि ३८ जना कर्मचारी माग गरेको हो ।

मन्त्रालयले काठमाडौँ उपत्यका बाहेकका अन्य जिल्लास्थित विभिन्न योजना/आयोजनाका लागि १४ जना इञ्जिनियर र सब-इञ्जिनियर २४ जना आवश्यक परेकाले त्यसका लागि सात दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । मन्त्रालयले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई यही फागुन १८ गतेसम्म दरखास्त दिन भनेको छ । 

साथै, दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सोको भोलिपल्ट कार्यालय समयमा समेत बुझाउन सकिने मन्त्रालयको आज जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू