राष्ट्रपति निर्वाचन : आज दाबी विरोध छानविन, भोलि मनोनयन

राष्ट्रपति निर्वाचन : आज दाबी विरोध छानविन, भोलि मनोनयन

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदाता नामावलीउपर परेका दाबी विरोध र उजुरीमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशन गरिँदैछ । 

निर्वाचन आयोगले अस्ति मतदाता नामावली प्रकाशित गरी दावी विरोध र उजुरीको समय दिएको थियो । आज त्यसमाथि छानविन गरेर अन्तिम नामावली प्रकाशित गर्ने आयोगले जनाएको छ । आज मध्यान्हसम्म दावी विरोध र उजुरीमाथि छानविन गर्ने र अपरान्ह ३ देखि ४ बजेभित्र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम छ । 

भोलि उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रपतिका लागि २५ फागुनमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।  चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि भने फागुन २७ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।
 

टिप्पणीहरू