राष्ट्रपति चुनावअघि राप्रपा उपाध्यक्षको प्रस्ताव : राजालाई राष्ट्रप्रमुख बनाऔं

राष्ट्रपति चुनावअघि राप्रपा उपाध्यक्षको प्रस्ताव : राजालाई राष्ट्रप्रमुख बनाऔं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना उपाध्यक्षले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउनुपर्ने प्रस्ताव गरेका छन् । वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा शाहलाई राष्ट्रप्रमुखको रुपमा अघि सार्नुपार्ने बताएका छन् । 

मुलुक निरन्तर कमजोर, बदनाम र संकटोन्मुख बन्दै गएको उल्लेख गर्दै उनले पूर्वराजा शाहलाई राष्ट्रप्रमुखका रुपमा अघि सार्नुपर्ने धारणा राखेका हुन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै मिश्रले पूर्वराजालाई एकपटक ‘गल्ती’ सुधार्ने मौका दिनुपर्नेमा जोड दिएका छन् । 

‘अरुले दशकौंसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने । अहिले पनि चौतर्फी रुपमा व्यापक स्वीकार्यता भएको र देशको दीर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको गल्ती सुधार्ने मौका पाउन नहुने ?’, उनको सोधनी छ । 

त्यस्तै, नेपाल कुशासनको केन्द्रबिन्दु बनेको बताउँदै उनले राष्ट्रपतिलाई राजनीतिभन्दा माथि राख्नुपर्ने उल्लेख गरे । भनेका छन्, ‘राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो । तर, राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो । समाज महाभ्रष्ट छ । धर्म संस्कृतिमाथि धावा बोलिएको छ । देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ, परिसक्यो ।’
 

टिप्पणीहरू