भारतपछि चीनसँग ऊर्जा सम्बन्धी छलफल, उत्तरबाट उच्चस्तरीय टोलीको आगमन

भारतपछि चीनसँग ऊर्जा सम्बन्धी छलफल, उत्तरबाट उच्चस्तरीय टोलीको आगमन

नेपालसँग ऊर्जा सम्बन्धी छलफल गर्न चीनको उच्चस्तरीय टोली काठमाडौं आएको छ । टोलीले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।

छलफलका लागि चीनको ग्लोबल इनर्जी इन्टरकनेक्सन डेभलपमेन्ट एण्ड कोअपरेसन अर्गनाइजेसन (जीईआइडीसीओ) का अध्यक्षको नेतृत्वमा एउटा टोली नेपाल आएको हो । चिनियाँ सहायकमन्त्री सरहका अध्यक्ष सीन पाओन नेतृत्वको चिनियाँ टोलीले ऊर्जा र जलस्रोतमा गरिने लगानी, उत्पादन र त्यसको बजारबारे समग्र छलफल गर्ने स्रोतले जानकारी दिएको छ ।

नेपालले भारतसँग सचिवस्तरीय ऊर्जा वार्ता केही दिनअघि नयाँ दिल्लीमा गरेको थियो । वार्तामा नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात गर्न भारत सकारात्मक रहेको बताइएको थियो । तर, भारतले भारतीय लगानीको जलविद्युुत परियोजनाबाट उत्पादित बिजुली मात्र बंगलादेश निर्यात गर्न दिने आशयले कुरा राखेको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुले बताएका छन् ।

टिप्पणीहरू