वर्षमानको बिदाइका लागि चिनियाँ राजदूत विमानस्थलमा

वर्षमानको बिदाइका लागि चिनियाँ राजदूत विमानस्थलमा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । 

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा आज अपरान्ह चाइना साउदर्न एयरको सीजेट ६०६८ उडानमार्फत परिवारसहित चीन उडेका हुन् । पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ति र छोरी शिला पुनसँगै उनी केहीबेरअघि चीन प्रस्थान गरेको त्रिभुवन विमानस्थल कार्यालय स्रोतले बताएको छ ।  

दुर्लभ जण्डिसबाट पीडित पुनले यसअघि दुई पटक चीनमा गएर उपचार गराइसकेका छन् । पुनको बिदाई निम्ति चिनियाँ राजदूत छन सोङ विमानस्थल पुगेको स्रोतले बतायो ।

टिप्पणीहरू