बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । उहाँहरुबीच अहिले बालुवाटारमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालसँग कुराकानी गर्न अध्यक्ष ओली बिहान ९ बजे बालुवाटार पुग्नुभएको हो । हिजो दिउँसो सिंहदरबारमा भएको भेटपछि हिजै डाकिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको थियो । बैठक आज बिहान ९ बजे बोलाइएको भनिएको थियो । 

हिजै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली काँग्रेसका कमलबहादुर शाह नयाँ मुख्यमन्त्री बनेका छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका मुख्यमन्त्री रावल ३० दिनमा पदमुक्त भएका हुन् ।
 

टिप्पणीहरू