अघिल्लो दिन संसदमा सम्बोधन, भोलिपल्ट शितल निवासमा भोज

अघिल्लो दिन संसदमा सम्बोधन, भोलिपल्ट शितल निवासमा भोज

फागुन २५ गते कार्यकाल सकिएपछि निवर्तमान हुन लाग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शनिबार सन्ध्या भोजको आयोजना गर्न लाग्नुभएको छ । २८ गते अपरान्ह ३ बजेदेखि राष्ट्रपति कार्यालय शितल निवासमा उहाँले भोजको आयोजना गर्नुहुने बताइएको छ ।

माघ २७ गते संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट आयोजना हुने भोजका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका उच्च अधिकारी, कुटनीतिक नियोगका प्रमुखहरुलाई निम्तो पठाइएको छ । संघीय संसदका सांसदहरुलाई भण्डारीको तर्फबाट भोजका निम्ति मोबाइल म्यासेजमार्फत निम्तो पठाइएको जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले जानकारी दिए । 

यसलाई राष्ट्रपतिको बिदाई भोजको रुपमा हेरिएको छ । निर्वाचन आयोगले आगामी २५ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । दुई पटकभन्दा बढी एउटै व्यक्ति राष्ट्रपति हुन नपाउने संवैधानिक व्यवस्थाअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउने छ ।

टिप्पणीहरू