नर्भिकमा फागुन ७ गते सित्तैंमा ‘सुगर चेक’

नर्भिकमा फागुन ७ गते सित्तैंमा ‘सुगर चेक’

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेहका बिरामीलाई निःशुल्क जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते मधुमेहका बिरामीलाई लक्षितगरी नर्भिकले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

अस्पतालको नर्सिङ ट्रेनिङ हलमा दिउँसो १ बजेदेखि कार्यक्रम सञ्चालन हुने जनाइएको छ । कार्यक्रममा सहभागीहरुको निम्ति निःशुल्क सुगर जाँचको सेवासमेत उपलब्ध गराइने छ । 

सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा.मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा दिने बताइएको छ । नर्भिकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरु विभिन्न समयमा आयोजना गर्दै आएको छ । 

लामो समयदेखि प्रत्येक शनिबार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा र विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवासमेत उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू