एमाले अध्यक्ष र उपाध्यक्षबीच सिंहदरबारमा कुराकानी

एमाले अध्यक्ष र उपाध्यक्षबीच सिंहदरबारमा कुराकानी

एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज दिउँसो सिंहदरबारमा आधा घण्टा कुराकानी भएको बताइन्छ ।

अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङबचि दिउँसो पौने ४ बजेदेखि साढे ४ बजेसम्म पार्टी संसदीय दलको कार्यालयमा छलफल भएको हो । त्यसअघि अध्यक्ष ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।

टिप्पणीहरू