चुनावी समीक्षा गर्न बोलाइएको एमाले बैठक स्थगित

चुनावी समीक्षा गर्न बोलाइएको एमाले बैठक स्थगित

नेकपा एमालेले माघ २९ र फागुन १ गते बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।  

अर्को सूचना सार्वजनिक नगरेसम्मका लागि यसअघि तय भएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । 

बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक अवस्था र सांगठनिक सुदृढीकरणबारे छलफल गर्ने तयारी थियो ।

टिप्पणीहरू