हरेक बिहान जनता विद्यालयको सिर्जनात्मक अभ्यास

हरेक बिहान जनता विद्यालयको सिर्जनात्मक अभ्यास

बागलुङको एउटा विद्यालयले विद्यार्थीलाई बिहानैदेखि सिर्जनात्मक अभ्यासमा थप जोड दिन थालेको छ । औपचारिक कक्षा प्रारम्भ हुनु अगावै विद्यालयले विद्यार्थीहरुलाई उक्त अभ्यासमा सामेल गराउन थालेको बताइन्छ ।

स्थानीय जनता विद्यालयले विद्यार्थीहरुलाई प्रार्थना समयमा नै सिर्जनात्मक उपयोग गराउन थालेको हो । शिक्षकहरुले प्रार्थनाको समयमा विद्यार्थीहरुलाई लाइन लगाउँदा नै उक्त प्रयास गराएकोमा स्थानीय दंग छन् । ‘अरु विद्यालयको भन्दा फरक तरिकाले अभ्यास गराउँदै आएको पाइएको छ,’ एक जना अभिभावकले भने ।

जैमिनी नगरपालिका ४, सर्कुस्थित जनता माध्यमिक विद्यालयले लामो समयदेखि विद्यार्थीलाई प्रार्थनाको समयमा फरक अभ्यास गराउँदै आएको हो । बिहानको लाइनलाई नै व्यवस्थित तुल्याउँदै विद्यार्थीहरूलाई सकारात्मक अभ्यास गराइएको विद्यालयका शिक्षकहरुले बताए । ‘हामी हाम्रो विद्यालयलाई उत्कृष्ट विद्यालय बनाउने प्रयासमा लागिपरेका छौं,’ एक जना शिक्षकले भने ।

टिप्पणीहरू